Sallipir (स : ल्लीपिर)
Overview
छिरिङ आफ्नी छोरी पेमासँग कथाका किताबका कुरा गरिरहन्छ । एकदिन ऊ छोरीलाई भन्छ- पढ्नुपर्छ । अक्षर चिन्नुपर्छ । हिउँ परेको बेला आकाशबाट हिउँमा मिसिएर अक्षरहरू पनि खस्छन् । तिनै अक्षरहरू मिलेर किताब बन्छ । पढ्न जानेन भने त्यो किताब हिउँमै पग्लिएर जान्छ । हिउँ पग्लिँदा किताबका अक्षर पनि पग्लन्छन् ।पेमा बाबुका कुरा बुझ्दिन । उसलाई विश्वास हुन्छ- किताब नै भूत हो । यसले तर्साउँछ । मति बिगार्छ । यसैले त हो उसको आमाबुबाको सम्बन्ध बिगारेको । यसैले त हो बाबुलाई आफूबाट टाढा लगेको ।कालान्तरमा आफ्नो छोरा फुर्वाले नै पेमालाई भन्छ- मलाई पनि किताब चाहियो । कथाको किताब ।'पेमा झस्किन्छे ।त्यस रात पेमाले सपना देख्छे । सपनामा छिरिङ पेमालाई भन्छ- हरेक आमाबाबुहरू आफ्नै सन्तानको गर्भबाट जन्मिन्छन् । म मरेर फेरि तेरो छोरा भएर जन्मिएँ । सपनाबाट ब्युँझिएपछि पेमाले आफैलाई प्रश्न गर्छौ के मेरै कोखबाट जन्मिए मेरा बाबु ?अनि पेमाको जीवनको उद्देश्य नै बदलिन्छ ।
This item is Non-Returnable
Customers Also Bought
Details
- ISBN-13: 9789937665094
- ISBN-10: 9937665094
- Publisher: Fineprint
- Publish Date: March 2016
- Dimensions: 7.81 x 5.06 x 0.55 inches
- Shipping Weight: 0.53 pounds
- Page Count: 244
Related Categories
