Ghamkiri (घ : ामकिरी)
Overview
यथार्थ र कल्पनाशीलताको अद्भुत फ्यूजनका लागि एकसाथ चर्चित र विवादास्पद मानिएको उपन्यास हो, घामकिरी एक किशोर पात्रले आफ्ना सपना पछ्याउँदै गरेको मायानगरी मुम्बईसम्मको रोमाञ्चक यात्रालाई उपन्यासले आफ्नो विषयवस्तु बनाएको छ । यो उसको दैहिक या भौतिक मात्र नभएर मानसिक यात्रा पनि हो । बजार व्यवस्थाले आम मान्छेका सपनालाई समेत नियन्त्रण गरेर कसरी उसलाई उपभोक्तामा परिणत गर्छ र कसरी उसको संवेदनासित खेलबाड गर्छ भन्ने विषयलाई उपन्यासमा नितान्त भिन्न शैली अनि शिल्पका साथ प्रस्तुत गरिएको छ । समाज व्यवस्थाको सबैभन्दा पिंधमा रहेका मान्छेहरूबीचका प्रेम, सम्बन्ध र हार्दिकताका विविध आयामलाई पनि यसले सम्मानपूर्वक बहसमा ल्याएको छ । उम्दा हास्यचेत र प्रखर व्यङ्ग्यशिल्पले घामकिरीलाई समकालीन नेपाली आख्यानको बेग्लै कित्तामा सम्मानसाथ उभ्याएको छ ।
This item is Non-Returnable
Customers Also Bought
Details
- ISBN-13: 9789937746380
- ISBN-10: 9937746388
- Publisher: Fineprint
- Publish Date: March 2022
- Dimensions: 7.81 x 5.06 x 0.53 inches
- Shipping Weight: 0.51 pounds
- Page Count: 232
Related Categories
